कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

    कालीकोट । नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

    ‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ बमोजिम आवश्यक सबै सूचक तथा प्रक्रिया पूरा गरेको उल्लेख गर्दै पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणा गरिएको सूचना अधिकारी कालीकोटका कटक महतले जानकारी दिए ।

    पोषणमैत्री वडा घोषणाका मुख्य सूचकहरू सुनौला हजार दिनका गर्भवती तथा सुत्केरीले स्वास्थ्य संस्थामा नियमित जाँच र पोषण परामर्श पाएको हुनुपर्नेलगायतका मापदण्ड रहेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताए ।

    बालबालिकाको पोषणका लागि छ महिनासम्म पूर्ण स्तनपान र छ महिनापछि थप पोषिलो खाना खुवाइएको, बालबालिकाको पोषण अवस्था सामान्य भएको हुनुपर्ने, स्वच्छ वातावरणमा वडामा खुल्ला दिसामुक्त अवस्था र सफा खानेपानीको सुनिश्चितता हुनुपर्ने मापदण्ड छन् ।

    उनले भने “स्थानीय उत्पादनको उपभोग बढाउने र कुपोषण न्यूनीकरणमा बहुक्षेत्रीय पहल भएमा पोषणमैत्री वडा घोषणा गर्न सकिने मापदण्ड छ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij