मुटुदेखि मस्तिष्कको शल्यकृया अब भक्तपुरमै, चाँगुनारायणवासीलाई २५ प्रतिशत छुट

मुटुदेखि मस्तिष्कको शल्यकृया अब भक्तपुरमै, चाँगुनारायणवासीलाई २५ प्रतिशत छुट

आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • मुटुदेखि मस्तिष्कको शल्यकृया अब भक्तपुरमै, चाँगुनारायणवासीलाई २५ प्रतिशत छुट

    पेशल आचार्य 

    भक्तपुर ।  काठमाडौँ मेडिकल कलेज (केएमसी) ले चाँगुनारायण नगरपालिकावासीलाई सम्पूर्ण उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ । आईतवार भक्तपुरको चाँगुनारायणस्थित काठमाडौँ मेडिकल कलेज पव्लिक लिमिटेड अस्पताल युनिट–२ दुवाकोटको उद्घाटन्का अवसरमा मेडिकल कलेजका प्रबन्ध निर्देशक सुनिल शर्माले त्यस्तो सुविधा दिने घोषणा गरेका हुन् । 

    अस्पताको बिशिष्टिकृत सेवा शुभारम्भको अवसर पारेर भक्तपुरको चाँगुनारायण नगरपालिकावासीलाई सबैखाले सेवामा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको बताउँदै प्रबन्ध निर्देशक सुनिल शर्माले अस्पतालमा मुटु र मस्तिष्कका जटिल सल्यकृयासमेत हुने जानकारी दिए । अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ, डेण्टललगायतको कोर्ष सञ्चालन गर्दै आइरहेकोमा अहिले करिव डेढ अर्व रुपौंया लगानी थपेर बिशिष्टकृत अस्पतान बनाइएको शर्माको भनाई थियो । 

    kmc durlav.jfif
    अस्पताल उद्घाटन्का अवसरमा अस्पताल व्यवस्थापन र चाँगुनारायण नगरपालिकाबीच सम्भौता नै गरेर त्यस्तो सुविधा दिने व्यवस्था  गरिएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । प्रमुख खत्रीका अनुसार, अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचयपत्र लिएर अस्पतालमा सञ्चालित सेवाहरूमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको छ । 

    यस्तो सहमतिसंगै यसक्षेत्रका करिव ५० हजारबढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने चाँगुनारायण नगरपालिका वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए । दुई वर्षदेखि आफुले पहल गर्दै आएपनि आजदेखि सुविधा पाउँन सकेकोमा प्रधानले खुसी व्यक्त गरे । आजदेखि सामान्य बिरामी पर्दासमेत उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको प्रधानको भनाई थियो । 

    kmc-2.jfif

    नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुविधामध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, ज्येष्ठ नागरिक र औषधि उपचार कोषमा आवद्ध भएकाको हकमा सरकारले उपलब्ध गराएको सुविधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाइने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यसका अलवा अस्पताले विपन्न वर्गका एक सयजनालाई सबै शुल्क मिनाह गरी उपचार गर्ने भएको छ भने स्थानीय वडाअध्यक्षको सिफारिसमा ५० जनालाई ५० प्रतिशतसम्म छुटमा उपचार गर्ने सहमति भएको छ । 

    काठमाडौ मेडिकल कलेज र नोवेल मेडिकल कलेज सञ्चालन गर्दै आएको पव्लिक लिमिटेडले अत्याधुनिक उपकरण राखेर मुटुदेखि मस्तिष्क सम्मको जटिल शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ। यतिसम्मकी मस्तिष्क र मुटुका सम्पूर्ण पार्टपुर्जा खोलेर हामी यहि अस्पतालमा उपचार गर्ने दावी प्रबन्ध सञ्चालक शर्माले गरेका छन् । शर्माले थपे, ‘अव हामि मृगौला दिने र लिनेको एकैपटक शल्यक्रिया गरेर मृगौला प्रत्यारोपण गछौं।‘
     

    kmc-3.jfif
    बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र पर्यटन मन्त्री शुरेस श्रेष्ठले भक्तपुरमा मुटु र मस्तिष्कको बिशिष्टिकृत सेवा सहितको अस्पताल सञ्चालनमा आएसंगै उपचार नपाएर बाटोमा अस्पताल लग्दा लग्दै मृत्यु हुने समस्या समाधान भएको बताए । नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ कुमार थापाले भक्तपुरमा समयमा उपचार नपाउँदा मुटुरोगीले ज्यान गुमाउनु पर्ने वाध्यता रहेका उदाहरण प्रस्तुत गरेका थिए । 

    अब कसैले त्यसरी मृत्युवरण गर्नु नपर्ने बताउँदै थापाले सुनिल शर्माले यश क्षेत्रका हजारौको ज्यान जोगाउने काम गरेकोमा शर्मालाई धन्यवाद दिए । स्थानीय जेष्ट नागरिक अर्जुन प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघीय सांसद मदनकृष्ण श्रेष्ठ लगायतले अस्पतालले भक्तपुरमा अत्याधुनिक सुविधा सहितको सेवा शुरु गरेकोमा खुसी व्यक्त गरे ।

    kmc-4.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij