दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
    गलकोट (बागलुङ) । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । 
     
    फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको दादुराका १२६ जना बिरामीलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दादुराबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ प्रभावित भएका थिए । 
     
    प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार बुर्तिबाङ अस्पतालमा १६ र बोबाङ स्वास्थ्यचौकीमा चार गरी २० बिरामीको उपचार भइरहेको छ । 
     
    काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकामा सात जनामा दादुरा सङ्क्रमण पुष्टि भएपछि युद्धस्तरमा बिरामीलाई खोजेर उपचार थालिएको हो ।
     
    यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार पाँच हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ । नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाइएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij