पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

सोमवार, चैत्र २ २०८२
सोमवार, चैत्र २ २०८२
  • पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
    झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै ८ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । 
     
    अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।
     
    उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा १ हजार ३९५ र फागुनमा १ हजार ५ जना पर्यटक भित्रिएको जानकारी दिए ।
     
    सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छ भने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् ।
     
    गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट ८ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij