दोहा जान उडेको निगमको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्कियो

दोहा जान उडेको निगमको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्कियो

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • दोहा जान उडेको निगमको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्कियो

    काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज काठमाडौं फिर्ता भएको छ । दोहो उडेको वाइडबडी ए–३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौंमा फिर्ता ल्याइएको हो । 

    जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो । निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको हो । 

    समस्या आएको जहाजको मर्मत भइसकेको छ भने उक्त जहाज अब नियमित उडान गर्न सक्ने अवस्थामा रहेको जनाइएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij