काठमाडौं । विनोद राई द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता बनेका छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका हुन्।
टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका विनोदले नगद २० लाख रूपैयाँसमेत हात पार्न सफल भएका छन् । यस टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बनेका छन्।
दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ। यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए। यो सिजनकी कोच मिलन नेवारले समेत उपाधि उत्कृष्ठ कोचको उपाधि पाएकी छन्।