टिपरको ठक्करबाट भक्तपुरको क्षयरोग अस्पतालका नासु कोइरालाको मृत्यु

टिपरको ठक्करबाट भक्तपुरको क्षयरोग अस्पतालका नासु कोइरालाको मृत्यु

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • टिपरको ठक्करबाट भक्तपुरको क्षयरोग अस्पतालका नासु  कोइरालाको मृत्यु

    भक्तपुर । काठमाडौँको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट भक्तपुरको क्षयरोग अस्पतालका नायव सुब्बाको  मृत्यु भएको छ। मंगलबार बिहान बिहान साढे आठ  बजे भएको दुर्घटनामा परेर सुनसरीको इनरुवा नगरपालिका ५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो । 

    प्रहरीका अनुसार, आज बिहान काठमाडौँ महानगरपालिका ३१ मिनभवन सिविल अस्पताल अगाडी सो दुर्घटना भएको हो। बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको ब। २ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्र। ३(००१ ब।९४५ को सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

    दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने टिपर चालक २६ वर्षीय विकास थापालाई प्रहरीले पक्राउ गरेको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij