इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित

बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित

    काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरुबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरुबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

    नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आइएको थियो । विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको समेत प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

     त्यस्तै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैरकानूनी रुपमा रकम उठाउने गरेको सूचना विभागमा प्राप्त भएकाले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले सबैलाई आग्रह गरेको छ ।

    et.webp

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij