काठमाडौँ । एक सातायता मुलुकका बिचिन्न भागमा दिनहुंज वर्षा भइरहेको छ । वर्षाका कारण कतिपयका दैनिकीसमेत प्रभावित हुंदै आएका छन् । त्यसैले अझै कति दिन मौसम यस्तै रहन्छ भन्ने जिज्ञासा धेरैलालई हुनु स्वाभाविक हो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले भने नेपालका बिभिन्न भागमा अझै तीन दिन बदली, र वर्षाको सम्भावना रहेको जनाएको छ । बिभागका अनुसार, बुधवार, बिहिवार र शुक्रवार मुलुकका कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने छ ।
महाशाखाले आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमासमेत बदली भई सामान्य वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका मौसमबिद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए ।
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ । यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन । आजदेखि भने सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना रहेको बिभागको भनाई छ ।