आज पनि काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

आज पनि काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • आज पनि काठमाडौंसहित धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । आज पनि काठमाडौंसहित तीन प्रदेशमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनदेखि नेपालका बिभिन्न भागमा वर्षा भइरहेको छ ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बिभागको भनाई छ । काठमाडौंमा पनि आज दिनभर बदली हुनेछ भने छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशको एक–दुई स्थानमा बिहानै हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा समेत बिहान सवेरै वर्षा भएको बिभागले जनाएको छ । 

    आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij