तराई–मधेशमा आज होली भव्य रुपमा मनाइँदै

तराई–मधेशमा आज होली भव्य रुपमा मनाइँदै

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • तराई–मधेशमा आज होली भव्य रुपमा मनाइँदै

    काठमाडौं । तराई–मधेशमा आज होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। होलीका अवसरमा आज सार्वजनिक तराई क्षेत्रमा बिदा दिइएको छ । 

    काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि काठमाडौंसहित पहाडमा यो पर्व सम्पन्न हुन्छ। तराईमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ।

    तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर,  शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला तराईमा गीत र नाचसमेतबाट मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा सररर.. गीतको विशेष महत्त्व छ। पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ।​

    यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको विश्वाश छ । यी प्रसंगलाई खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ। ​ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij