काठमाडौ । होमस्टे (घरवास) महासंघ नेपालले राष्ट्रिय कार्यशाला तथा वार्षिकसाधारण सभा आयोजना गर्ने भएको छ । होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यले राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा माघ १५ गतेदेखि १८ गते सम्म संचालन गर्न लगेको हो ।
होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बाँस्तोलाका अनुसार ४ दिने कार्यशाला अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे, कावासोती–१५, नवलपरासी आयोजना हुनेछ । कार्यक्रममा पदाधिकारी, सदस्य, साधारण सदस्य, विज्ञ सदस्य, अनुगमन तथा सुपरिवेक्षण आयोगका संयोजक एवं सदस्यहरू तथा सल्लाहकारको सहभागिता रहने कोषाध्यक्ष सुरज बाँस्तोलाले बताए ।
वार्षिक साधारण सभा तथा राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी सबैलाई आवासीय व्यवस्थापन गरिएको छ । सहभागीले यातायातको व्यवस्था भने आफैले गर्नु पर्ने बास्तोलाले जानकारी दिए ।