हुम्लामा गाडी दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

हुम्लामा गाडी दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • हुम्लामा गाडी दुर्घटना, दुईको मृत्यु, पाँच घाइते

    हुम्ला । हुम्लामा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । थप पाँच जना घाइते भएक छन् । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।  सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । घाइतेको उद्धार भइरहेको र दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij