काठमाडौं लगायतका स्थानमा अझै तीन दिन पानी पर्ने

काठमाडौं लगायतका स्थानमा अझै तीन दिन पानी पर्ने

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • काठमाडौं लगायतका स्थानमा अझै तीन दिन पानी पर्ने

    काठमाडौँ । राजधानी काठमाडा्रैंसहितका क्षेत्रमा अझै तीन दिन पानी पर्ने पूर्वानुमान गरिएको छ । लामो समयसम्मको खडेरीपछि तीनदिनयता झरी पर्दै आएको थियो ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अझै तीन दिन वर्षाको सम्भावाना रहेको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

    मौसमविद् गोविन्द झाका अनुसार देशभर आज आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको  छ । कोशी  प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी  प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको झाको भनाई छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सर्तक रहन बिभागले आग्रह गरेको छ  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij