भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

    ताप्लेजुङ । यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

    सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 

    प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij