शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् । देवचुली–७ रामबासका तीर्थराज न्यौपाने र भवानी न्यौपानेले स्थानीय भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा ‘शर्मिला न्यौपाने (गुलाटी) स्मृति अक्षयकोष’ स्थापना गरेको हो ।

    न्यौपाने दम्पतीले आफ्नी स्वर्गीय छोरी शर्मिला न्यौपानेको स्मृतिमा  २० लाख पाँच सय ५५ को अक्षयकोष स्थापना गरी सोमबार विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसाललाई न्यौपाने दम्पतीले संयुक्तरूपमा उक्त रकमको चेक प्रदान गरे । गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए।

    आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै उनीहरूले कोषलाई सहीरूपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे । अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण एवं दाता सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विपन्न तथा गरिब विद्यार्थीको पढाइमा अक्षयकोषबाट भरथेग हुने विश्वास व्यक्त गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij