म नेकपा प्रवेश गरेको छैन ः डाक्टर डिके रौशन

म नेकपा प्रवेश गरेको छैन ः डाक्टर डिके रौशन

बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • म नेकपा प्रवेश गरेको छैन ः डाक्टर डिके  रौशन

    भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार रौशनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको भन्ने समाचार सत्य नभएको बताएका छन् । डा.रौशनले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै व्यक्तिगत भेटघाट गरेको विषयलाई पार्टी प्रवेश भनी प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । 


    रौशनद्धारा प्रकाशित बिज्ञप्तीमा “नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशन नेकपामा प्रवेश गरेको भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारी पाउँदा आफु अचम्ममा परेको उल्लेख गरिएको छ । व्यक्तिगत भेटघाटमा गएको अवसरलाई पार्टी प्रवेश भनी भ्रामक प्रचार गरिएकोमा दुःख लागेको उल्लेखगर्दै विज्ञप्तीमा त्यसता समाचारप्रति खेद प्रकट गरिएको छ । 

    आफु चिकित्सक पेशामा आवद्ध भइ मानव सेवा गरिरहेकोले सम्पूर्ण राजनीतिक दलसँग सुमधुर सम्बन्ध रहेको बताउँदैं डा. रौशनले कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको जानकारी समेत गराएका छन् । उनले राजनीति भन्दा पनि पेशा प्रति समर्पित र इमान्दार भई सेवालाई निरन्तरता दिने जानकारी समेत बिज्ञप्तीमार्फत दिएका छन् । 

    dk press.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij