सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु

सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु

आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु

    किमाथाङ्का (सङ्खुवासभा) । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर  उनको घरमा आगलागी भएको थियो । 

    आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij