स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

    बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन् । 

    पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो । भवन प्रयोग नहुँदा जीर्ण भएका छन् । साथै दुवै भवन गोठमा परिणत भएका छन् । 

    गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्यचौकी सञ्चालन गर्न खोज्दा स्थानीयको विवादले भवन प्रयोगविहीन भएका गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले दुखेसो गरे । 

    भवनले चर्चेका जग्गा शम्भुसुनन्दा माध्यमिक विद्यालयका नाममा छ । ती भवनमा स्थानीयले विद्यालय सार्न पनि मानेका छैनन् । गाउँपालिकाको तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोगविहीन भएको हो । यद्यपि अध्यक्ष रोकायाले भवन सञ्चालनका निम्ति सम्बद्ध सबैसँग छलफल भइरहेको बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij