काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुंगामा बुधबार बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।
आज बिहान १ः५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएर उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। लामाको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।