‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन  नेपाल चिकित्सक सङ्घको माग

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन  नेपाल चिकित्सक सङ्घको माग

सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन  नेपाल चिकित्सक सङ्घको माग

    काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।

    सङ्घले आज जनहितमा अपिल जारी गर्दै इन्फ्लुएन्जा भाइरसको संक्रमणको प्रभावकारी रोकथामका लागि सरकारले जोखिमयुक्त व्यक्तिलाई खोपको दायरामा ल्याई हरेक वर्ष समयमा नै निःशुल्क रूपमा फ्लू खोप उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

    यस्तै, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पु¥याउने प्रबल सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । 

    अपिलमा भनिएको छ,“रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिई समय मै रोकथाम गर्न उपयुक्त हुन्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूमा इन्फ्लुएन्जा भाइरसको संक्रमणले असर पुर्‍याउने प्रबल सम्भावना रहेको हुँदा यसको रोकथामका लागि समयमा नै फ्लू खोप लिनुहुन जोखिममा रहेका समस्त नागरिकहरूलाई हार्दिक अपिल गर्दछौँ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij