निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

    ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

    रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

    बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij