जापान भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

जापान भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

मंगलवार, पौष १७ २०८०
मंगलवार, पौष १७ २०८०
  • जापान भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

    काठमाडौं । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । मध्यजापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको हो ।

    त्यहाँको राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई ‘समयसँगको लडाइँ’को संज्ञा दिएका छन् ।

    सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने उनले बताए ।

    सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्प गएका थिए । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई ‘२०२४ नोटो प्रायद्वीप भूकम्प’को नाम दिएको छ । सोमबारदेखि जापानमा १५५ परकम्प मापन गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij