टोकियो । जापानको भूकम्पमा परी मृत्यु हुनेको संख्या २१३ पुगेको छ । अझै ५२ जना बेपत्ता रहेको सरकारी अधिकारीले जनाएका छन् । सन् २०२४ जनवरी १ मा जापानको इशिकावालगायत आसपासका क्षेत्रमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले मृत्यु हुनेको संख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।
बिहीबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरी भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको बताइएको छ । एजेन्सीको सहयोगमा