हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

बिहिवार, पौष २६ २०८०
बिहिवार, पौष २६ २०८०
  • हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

    इनरुवा । हात्तीको आक्रमणबाट सुनसरीम एक बृद्धको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलबाट घाँस लिएर आइरहेका बिष्टलाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij