टिकटक र फेसबुकलाई पछिपार्दै इन्स्टाग्राम बन्यो विश्वको नम्बर १ एप

टिकटक र फेसबुकलाई पछिपार्दै इन्स्टाग्राम बन्यो विश्वको नम्बर १ एप

शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • टिकटक र फेसबुकलाई पछिपार्दै इन्स्टाग्राम बन्यो विश्वको नम्बर १ एप

    काठमाडौँ । फेसबुक र टिकटकलाई पछिपार्दै इन्स्टाग्राम  विश्वको नम्बर १ एप बनेको छ । बिभिन्न मुलुकमा टिकटक प्रतिबन्धित भएसंगै इन्स्टाग्रामलाई फाइदा भएको बताइएको छ । सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड पछिल्लो वर्ष २० प्रतिशतले बढेको छ ।

    सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो। सो रिर्पोटका अनुसार, टिकटक ७३.३ करोड पटक डाउनलोड गरिएको थियो।

    यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको हो । इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ।

    युवायुवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा शेयर गर्ने गरेका छन् । यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । रिर्पोटका अनुसार, डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप भएपनि समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ।

    गत वर्षको तथ्याङ्क अनुसार, टिकटक प्रयोगकर्ताहरूले औसत ९५ मिनेट खर्च गरेका थिए । जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो। यस बाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ । एजेन्सीको सहयोगमा
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij