सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

बिहिवार, चैत्र १ २०८०
बिहिवार, चैत्र १ २०८०
  • सिङ्गापुरमा ८८ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना

    सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ ।नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय रहेका छन् ।

    सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

    प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् ।

    सन् २०२२ मा छ हजार ४४० रहेको व्यक्तिको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार ५९० पुगेको छ । गत बर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर ०.७ प्रतिशतमा स्थिर रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij