नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध
    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो । 
     
    आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij