भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

    काठमाडौं । भेरी नदीमा गएराति  टिपर खस्दा तीनजना बेपत्ता भएका छन् । जाँजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको टिपर गएराति भेरी नदीमा खसेको थियो । 

    प्रहरीका अनुसार, भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर रुकुम पश्चिमको आठबीसकोट १४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो । टिपरमा चालकसहित तीनजना सवार रहेको प्रहरीको भनाई छ । 

    बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको जनाइएको छ । बेपत्ता भएकाहरूको नाम ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij