काठमाडौं । मोटरसाइकलको ठक्करबाट सुनसरीमा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री वृद्धाको तीव्रगतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सोही मोटरसाइकलकको ठक्करले ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन् । उहाँको उपचार भइरहेको छ । फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।