कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
    कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । 
     
    कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बस्ने बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीले जानकारी दिए ।
     
    कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी एकसाता अघि उपचारका लागि अमेरिका जानुभएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उनले बताए। बैठक आज दिउसो ३ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij