सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो

सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो
    चितवन । जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ । यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो ।
     
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौँका लागि सात र सौराहाबाट पोखराका लागि तीन पर्यटक बस स्कटिङ गरेर जिल्लाको नाकासम्म पु¥याइएको छ । पोखरा जाने बसलाई मुग्लिनसम्म  र काठमाडौँ जानेलाई मौवाखोलासम्म स्कटिङ गरेर पठाइएको उनले बताए ।
     
    प्रहरीको मोटरसाइकलमार्फत स्कटिङ गरेर बसलाई जिल्लाको नाका पार गराइएको हो । उहाँका अनुसार प्र ३–००१ प १६२३, बा १ प ९७४, बा १ प ६८९, बा १ प १३९१, बाप्र०१–००१ प १७०३, बा १ प १३९९, बा १ प १०७, ग १ प २८७, ग १ प १९१ र बा १ प १०७० नम्बरका पर्यटक बसलाई स्कटिङ गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij