कान्ती लोकपथ बुधबारदेखि ४ दिन बन्द हुने

कान्ती लोकपथ बुधबारदेखि ४ दिन बन्द हुने

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • कान्ती लोकपथ बुधबारदेखि ४ दिन बन्द हुने

    काठमाडौँ । कान्ती राजमार्ग योजनाले बुधबारदेखि शनिबारसम्म चार दिन उक्त सडक बन्द हुने जानकारी दिएको छ। कान्ती राजमार्ग योजनाअन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधीन रहेको बेलीब्रिज जडान गर्नुपर्ने भएकाले उक्त सडक चार दिन बन्द गर्न लागिएको हो।

    ‘बेलीब्रिज जडान कार्यका लागि मिति जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म (४ दिन) उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ,’ आयोजनाले भनेको छ।

    उक्त अवधिमा हेटौडा–काठमाडौं वा काठमाडौं–हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग (कुलेखानी– कलंकी–हुमाने वा कुलेखानी– सिस्नेरी फर्पिङ सडक) को प्रयोग गर्न पनि आग्रह गरिएको छ। गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षातले राजमार्गको उक्त खण्डमा क्षति पुर्‍याएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij