कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाकाे मृत्यु

कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाकाे मृत्यु

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • कैलालीको गौरीगंगामा आगलागी हुँदा एक जनाकाे मृत्यु

    काठमाडौं । कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।

    आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आगाे नियन्त्रणमा आइसकेको थियो ।

    आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij