भरतपुर -१५ बालश्रममुक्त र बालमैत्री वडा घोषणा

भरतपुर -१५ बालश्रममुक्त र बालमैत्री वडा घोषणा

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • भरतपुर -१५ बालश्रममुक्त र बालमैत्री वडा घोषणा

    चितवन । भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालर्मैत्री वडाको रुपमा घोषणा गरिएको हो । 

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले १५ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरेका थिए । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवको दुई वर्षभित्र सम्पूर्ण  महानगरपालिकालाईनै बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन । 

    11.jpg

    प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्नेमा जोड दिइन । देशका ६ महानगरपालिका मध्ये पहिलो सडक मानवमुक्त महानगर घोषणा गर्न सफल भएको दाहालको भनाइ थियोे । 

     

    दाहालले वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद दिइन । ‘बालमैत्री वडा घोषणा गर्नु ठुलो विषय नभएको बताउँदै दाहालले  यसको दीगोपन र निरन्तरता ठुलो विषय भएको बताइन । 

    33.jpg

    उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले भौतिक विकाससँगै मानविय विकासलाई सँगसँगै अघि बढाइरहेको जानकारी दिए । उपप्रमुख अधिकारीका अनुसार, चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको छ ।


    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि वडा थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।  राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको पौडेलको भनाइ  थियो । 

    बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । 

    यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १५ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij