कोशी प्रदेशसभा : आजदेखि बजेट अधिवेशन सुरु

कोशी प्रदेशसभा : आजदेखि बजेट अधिवेशन सुरु

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • कोशी प्रदेशसभा : आजदेखि बजेट अधिवेशन सुरु

    विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । 

    कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज आमात्यले दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु वाचन हुने, ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ सभामा टेबल गर्ने र सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट सभामा धारणा प्रस्तुत हुने कार्य सूची तय भएको छ । 

    यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij