रुकुमको जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

रुकुमको जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • रुकुमको जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

    रुकुम पश्चिम । रुकुम पश्चिममा भएको जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।  थप तीन जना घाईते भएका छन् । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा आज दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई  दुर्घटना भएको हो । 

    दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुुसार, घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली रहेका छन् । 

    घाईते तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घट्नामा परेको जिप ४०० मिटर तल खसेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij