भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग

भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • भुताहा–आमबास–दुम्कीबास सडक निर्माण गर्न बजेट माग
    काठमाडौँ । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा–आमबास–दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 
     
    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, “गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागलाई जोड्ने यो सडक निर्माण हुँदा ग्रामीण भेगका नागरिकलाई सडकको पहुँचमा पु¥याउन सक्छ, यसलाई पर्यटन मार्गका रुपमा पनि लिन सकिन्छ ।” भुताहा, आमबास र दुम्कीबास सडकका लागि सरकारले निरन्तरता बजेट उपलब्ध नगराउँदा निर्माण कार्य अधुरै रहन गएकाले आगामी आर्थिक वर्ष बजेट व्यवस्था गर्न माग गरे । 
     
    सांसद डा स्वर्णिम वाग्लेले भारत र चीनसँग जोडिएको नेपालको सिमानाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरे । 
     
    सांसद सीताकुमारी रानाले संयुक्त राष्टङ्घीय बालअधिकार महासन्धि अनुमोदन गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । सिङ्गो देशलाई बालमैत्री बनाउन तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालबालिकामा गरेको लगानी न्यून भएको उल्लेख गर्दै उनले अबको बजेट बालबालिकामैत्री हुनुपर्ने बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij