भक्तपुर । भीमेश्वर नगरपालिकाले काभ्रेस्थित मानव कल्याण समाजलाई नगदसहित सम्मान गरेको छ । भीमेश्वर नगरपालिका दोलखाले ११४ ओैँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार आयोजना गरेको विशेष कार्यक्रमका बीच मानव कल्याण समाजलाई २५ हजार नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाले मानव कल्याण समाजका संस्थापक केन्द्रीय सचिव विजय कुमार पोख्रेल र संस्थापक कार्यक्रम संयोजक रोशन ढकाललाई सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गरेको हो । मानव कल्याण समाजले सडक पेटि तथा सर्वजनिक स्थलहरुमा अलपत्र, वेवारिसे अवस्थामा जीवन यापन गरिरहेका भीमेश्वर नगरपालिका भित्र रहेका मानवहरुलाई उद्दार, उपचार, पालनपोषण लगाएतका कार्य गर्दै आएको छ ।