लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान

लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान
    काठमाडौँ । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ ।
     
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।
     
    आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
     
    कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनुभएका एमालेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।
     
    “देशैभरबाट काठमाडौँ आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । कार्यक्रममा सहभागी हुन काठमाडौँका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्”, उनले भने । 
     
    करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले जानकारी दिए । 
     
    उहाँका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ, काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने संयोजक ढुङ्गेलले जानकारी दिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij