जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका(६ स्थित धौलापानीमा रु। ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

    कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घन मिटरको रिजर्भ ट्यांकी र दुई वटा १० घन मिटरका सहायक ट्यांकी निर्माण गरिएको छ । 

    लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार  आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij