पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश

पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काभ्रेको पाँचखाल नगरपालिकामा सञ्चालित इँटा भट्टाहरू बन्द गर्न आदेश दिएको छ ।

    स्थानीयले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सारंगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो ।

    पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्त्व विभाग लगायतलाई विपक्षी बनाइ स्थानीय र स्थानीय अभियन्ता श्रीकृष्ण धिमाललगायतले १४ पुस २०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

    पाँचखाल किराँतकाल र लिच्छविकालदेखि नै धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेकामा यस्ता उद्योगले पुरातात्त्विक वस्तुको नष्ट हुनेप्रति चिन्ता व्यक्त गर्दै स्थानीयहरु सर्वोच्च पुगेका हुन् । पाँचखालमा आठवटा इँटा भट्टा सञ्चालनमा छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij