काठमाडौं । पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ। वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको हो ।
वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो।
सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।