नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले निकाल्यो

नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले निकाल्यो

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले निकाल्यो

    काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ ।

    ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको शव बुधवार निकालिएको हो । 

    उनीहरु चैत २६ गते नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

    सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij