अछाम आगलागीमा सत्ताइस घर नष्ट

अछाम आगलागीमा सत्ताइस घर नष्ट

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • अछाम आगलागीमा सत्ताइस घर नष्ट

    अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । 

    मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेका आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । 

    अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र संकलन  गरिने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij