काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण तीन घण्टापछि सुचारु भएको छ । राजावादीको आन्दोलनका क्रममा विमानस्थल क्षेत्र आसपास आगजनी गरेका कारण चार वजेदेखि अवरुद्ध भएको मिानस्थल साँझ सात वजेपछि सञ्चालनमा आएको हो ।
तीन घण्टा आवरुद्ध भएको बिमानस्थलमा विमानस्थलमा उडान र अवतरण शुरु भएपनि हवाई चापका कारण जहाजहरु होल्डगर्दै केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् । हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेको बताइएको छ।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको थियो । प्रदर्शनकारीले नागरिक उड्डयन प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए ।
आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो । त्यसैगरी बिमानस्थल नजिकै पर्ने जडिबुटी कारखानामा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।