तेस्रो सातामा ‘अञ्जिला’ ले कति कमायो ?

तेस्रो सातामा ‘अञ्जिला’ ले कति कमायो ?

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • तेस्रो सातामा ‘अञ्जिला’ ले कति कमायो ?

    काठमाडौं । फिल्म अञ्जिलाको निर्माण टिमले तेस्रो सातामा ८ करोड ७० लाख रुपैयाँ कमाउन सफल भएको छ । फागुन २९ गते रिलिज भएको सो फिल्मले तेस्रो सातामा प्रवेश गरेको हो । 

    मंगलबारसम्म (१३ दिनमा) फिल्मले ८ करोड ७० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । 'अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।

    फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ ।
     
    यस्तै, अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ, बेदना राई, सारा राई लगायत कलाकारहरूको अभिनय छ। यो फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij