नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति

नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति

    नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ । 

    जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् ।

    नरैनापुर–४ जयरामपुर्वामा  मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।   नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij