काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा आगलागी भएको छ । बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
इटहरी र आसपासका आठ वटा दमकलले निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
इटहरी चोकबाट पूर्व काकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो।
अहिले पाँचौं, छैटौं र सातौं तलमा आगो लागिरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नौ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन्।
होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको जनाइएको छ ।