सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

    काठमाडौं । सल्यानमा सोमबार बिहान जिप दुर्घटना भएको छ । सो दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन्। 

    तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान साढे ९ बजे सिद्धकुमाख गाउँपालिका–३ गतियानामा पल्टिएको हो।

    घाइते हुनेहरूमा ६४ वर्षीया धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिताकुमारी बुढा, ३५ वर्षीय शेरबहादुर नेपाली, १९ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, उनकी १० वर्षीया छोरी इन्दिरा चन्द, कुमाख–२ का १२ वर्षीय जय चन्द घाइते भएका छन्।

    त्यो दुर्घटनामा परी ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, २६ वर्षीया प्रतिमा बुढा, २२ वर्षीय अनिल नेपाली, २१ वर्षीया भूमी राना, ६ वर्षीय एलिस रावत, १० वर्षे अनुपम बुढाथोकी र २६ वर्षीया ललिता बुढाथोकी घाइते भएका छन् । 

    प्रहरी नियन्त्रणमा रहेका शारदा नगरपालिका–१ का २४ वर्षीय आकाश बादीले ब्रेक फेल भएका कारण जिप सडक किनारमा पल्टिएको जनाइएको छ । दुर्घटनामा घाइते भएका १७ जनाको श्रीनगरमा उपचार भइरहेको छ ।  जिपमा चालकसहित १८ जना सवार थिए।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij